(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु बमोजिम कुनै
चलचित्र घरमा दर्शकवर्गहरुको सुरक्षा, स्वास्थ्य तथा सुविधाको निमित्त आवश्यक व्यवस्था
गरिएको छ छैन र चलचित्र प्रदर्शन गर्दा प्रचलित नेपाल कानूनको पालना भएको छ वा छैन
भन्ने कुरा प्रमुख जिल्ला अधिकारीले जुनसुकै बखत जाँचबुझ गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँच गर्ने प्रयोजनको निमित्त प्रमुख जिल्ला अधिकारीले
चलचित्र घरको जुनसुकै बखत निरीक्षण गर्न वा गराउन सक्नेछ ।
(३) कुनै चलचित्र घरमा दर्शकवर्गहरुको सुरक्षा, स्वास्थ्य तथा सुविधको निमित्त तोकिए
बमोजिमको आवश्यक व्यवस्था नभएको वा चलचित्र प्रदर्शन गर्दा प्रचलित नेपाल कानूनको
पालना नगरिएको देखिएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो चलचित्र घर वा चलचित्रको
प्रदर्शन बन्द गर्न आदेश दिन सक्नेछ ।
(४) यस दफा अन्तर्गत प्रमुख जिल्ला अधिकारीले दिएको आदेशमा चित्त नबुझ्ने
व्यक्तिले सो आदेश भएकोमितिले पैंतीस दिनभित्र नेपाल सरकारमा पुनरावेदन गर्न सक्नेछ ।